गुजरातको एक उद्योगमा भएको विष्फोटमा ५ जनाको ज्यान गयो, ५७ घाइते

एजेन्सी – भारतको गुजरातमा एक केमीकल उद्योगमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । गुजरातको भरुच जिल्लाको दहेज औधोगिक क्षेत्रअन्तर्गत पर्ने यशस्वी केमिकल उद्योगमा एक्कासि विष्फोट हुँदा ५ जनाको मृत्यु भएको हो । घटनामा थुप्रै मजदुरहरु घाइते भएका छन् ।

विष्फोटपछि औधोगिक क्षेत्र वरिपरि कालो धुँवाको मुस्लो देखिएको थियो । विष्फोटपछि लागेको आगो नियन्त्रण गर्न १२ दमकलको प्रयो गरिएको थियो । भरुच जिल्ला अधिकारीहरुका अनुसार बुधबार दिउँसो १२ बजे उद्योगमा विष्फोट भएको र ५ जनाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार ५७ जना मजदूर घाइते भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्