रुकुम प्रहरी चौकीमा आक्रमण गर्ने वडा अध्यक्ष केसी पक्राउ

काठमाडौं – मंगलबार साँझ रुकुमको मुसिकोटस्थित छिवाङ ज्यलुलामा रहेको प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष दिपक केसी पक्राउ परेका छन् ।

केसीलाई बुधबार पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए । मादक पदार्थ सेवन गरेको २५ जना युवाको समूहले वडाअध्यक्ष केसीको नेतृत्वमा चौकीमा आक्रमण गरेका थिए ।

प्रहरीहरु खाना खाइरहेका बेला भएको आक्रमणका कारण चौकीको पोष्ट समेत भत्किएको थियो भने उनीहरुले २ जना प्रहरीलाई कुटपिट समेत गरेका थिए । केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन् । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ प्रहरी कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्