कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

गणेश सिंह धामी

कञ्चनपुर – कञ्चनपुरबाट दैलेख गएको बस दुर्घटनामा परेको छ । दैलेख गुराँस गाउँपालिका-४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा चालकको मुत्यु भएको हो।

दुर्घटनमा सहचालक घाइते भएका छन्। कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैलेखको तल्लो डुंगेश्वरका नागरिक ल्यायर गएको ना ५ ख १६८५ नम्बर महाकाली यातायात को बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। बसका सहचालक घाइते भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए । बुधवार साँझ करिब पाँच बजेतिर दुर्घटना भएको बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मुत्यू हुनेमा कन्चनपुरको भीमदत्त नगरपालिका-५ का ४० वर्षीय चालक कल्याणसिंह बोहरा रहेको प्रहरी प्रमुख वलीले बताए। घाइते हुनेमा सहचालक भीमदत्त नगरपालिका-५ का ३५ वर्षीय जयराज अवस्थी रहेका छन्। बस के कारणले दुर्घटनामा परेको खुलेको छैन। घाइते सहचालकलाई उपचारका लागि सुर्खेत लगिएको छ। भारतबाट फर्केका दैलेखका मजदुर पुर्याएर फर्किरहेको दुर्घटनाग्रस्त उक्त बसमा चालक र सहचालक मात्रै सवार रहेका प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्