होमीयोप्याथिक चिकित्सा नीतिगत तथा योजनाबद्ध ढंगले अगाडी बढाउन डा. मिश्रको आग्रह

काठमाडौँ – अल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश न.१ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सामाजिक बिकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्य तथा अल नेपाल होमियोप्याथिक एसोसिएसन का केन्द्रिय अध्यक्ष डा.के.पी.सुवेदीको बिशिस्ट आतिथ्य त्यसै गरि सु–सासन तथा योजना समितिका सभापति अर्जुन राई ,संविधान सभा सदस्य दिपक कार्की, झलक सिंह दर्लामी, लगायत झापा र पाँचथर का प्रदेश सभाका ८ जाना सदस्य हरुको उपस्थिति रहेको थियो । कार्याक्रम अखिल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश नं. १ का अध्यक्ष डा.घनश्याम सुवेदीको अध्यक्षतामा सप्पन्न भएको हो । उक्त कार्यक्रममा डा. के. पि. सुवेदीले होमियोप्याथिक चिकित्सा बाट के कस्ता उपचार संभाव भएका छन सप्रमाण पेस गरेका थिए भने भने डाक्टर घनश्याम सुवेदीले होमियो प्याथी के हो यो किन र कसरी जन्मन पुग्यो र बिस्व मा यसको प्रभाव काहा कहाँ छ भन्ने कुरा प्रकश पारेका थिए ।

यस्तै होमीयोप्याथिक चिकित्सक डा. विष्णु प्रसाद मिश्रले नेपालमा २०१० सालबाट होमीयोप्याथिक चिकित्सा विधिवत रुपमा सुरु भएको बताए । पशुपति होमीयोप्याथिक चिकित्सालयको नाममा ललितपुरको पुल्चोकमा होमीयोप्याथिक अस्पताल रहेको छ । जसमा दैकि ३०० को हाराहारीमा विरामीहरुको उपचार हुने गरेको छ । प्रदेश नं. १ मा आउँदो आर्थिक वर्षबाट नीतिगत तथा योजनाबद्ध ढंगले अगाडी बढाउन डा. मिश्रले सबैमा अनुरोध गरे । होमीयोप्याथिक चिकित्सा प्रणाली पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । प्रदेश नं. १ का विभन्नि जिल्लाहरुमा कोरोना भाइरससँग लड्न रोग प्रतिरोधात्मक क्षमाता बढाउन होमीयोप्याथिक औषधि वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्