डोटीको पूर्वीचौकीमा एक वडा बाट अर्को वडा जान प्रतिबन्ध, खाद्य पसहरु पनि विहान र बेलुका निश्चित समयमा मात्रै खोल्न पाइने

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले एक वडा बाट अर्को वडामा जान पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
बुधबार गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै एक वडा बाट अर्को वडामा जान पर्ण प्रतिबन्ध लगाएको हो । यदी अत्यावश्यक काम भए वडा अध्यक्षको सिफारिस लिएर जान सकिन पनि विज्ञप्तिमा उल्लेख छ । त्यस्तै गाउँपालिकाले खाद्य तरकारी तथा फलफुल पसलहरु विहान ७ बजे देखि १० बजे सम्म र बेलुका ६ बजे देखि ८ बजे सम्म खोल्न पनि अनुरोध गरेको छ ।
बुधबार पूर्वीचौकी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले थप कडाइ गरेको अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्