मेलम्ची खानेपानी आयोजना र हेलम्बु गाउँपालिका बीच समझदारी, हेलम्बुका २ वटा सडक यसै बर्ष पिच हुने

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजना र हेलम्बु गाउँपालिका बीच नियमित अनुदानका अलावा यसै बर्ष सम्पन्न गर्नेगरी दुई बृहत सडक योजनाको समझदारी भएको छ । सम्झौता भएका सडक मध्ये मेलम्ची–तिम्बु–मेलम्चीघ्याङ्ग मोटरबाटो पिचको लागि रु ५ करोड विनियोजन भैसकेको र शेरा–ग्याल्थुम–गोल्फुभञ्ज्याङ्ग सडकको लागि बजेट विनियोजनको प्रक्रियामा रहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा जानकारी दिए ।

उनले भने ‘मेलम्ची खानेपानी आयोजनाको मुहानमै हेलम्बु भएकोले मुख्य प्रभावित क्षेत्रको जायज माग उपयुक्त समयमा सम्बोधन नहुँदा स्थानीयहरु आफ्ना माग सम्बोधनका लागि आन्दोलन गर्न बाध्य हुनेछन् । जसका कारण मेलम्चीको पानी समयमै काठमाडौं पुग्ने कुरा असम्भव हुने निश्चित छ ।’ हेलम्बु गाउँपालिकाले मेलम्ची आयोजनाले नै अत्यधिक प्रयोग गर्ने बाटो बनाउन माग गर्दा पनि उक्त मागको सुनुवाइमा बेवास्ता गरे आयोजना लाई अप्ठ्यारो पर्न सक्ने प्रति आयोजना बेलैमा सचेत हुनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ । यस अघि पनि अध्यक्ष शेर्पाले हेलम्बुबासीहरुसँगको सम्झौता कार्यान्वयन गर्न पटक–पटक आयोजनाको ध्यानाकर्षण गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्