भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ५६ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्कको अनुसार भारतमा २ लाख २ हजार भन्दा बढी संक्रमित थपिएका छन् । भारत एशियाकै प्रभावित मुलुक बनेको छ भने विश्वमा ७ औँ प्रभावित मुलुक बनेको छ । यो भाइरसबाट यहाँ ५ हजार ६ सय भन्दा धेरैको मृत्यु भएको छ, भने ९७ हजार उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्