सशस्त्र प्रहरीद्वारा २५ हजार बराबरको अवैध बिडी बरामद

गणेशसिंह धामी

दार्चुला – भारतबाट अवैध रुपमा महाकाली नदि तारेर नेपाल ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले अबैध विडी बरामद गरेको छ । मंगलवार विहान ४ः३० बजेतिर महाकाली नगरपालिका—९ चुच्चै नजिकबाट महाकाली नदिमाथि डोरी लगाइ तारीरहेको अवस्थामा सशस्त्र प्रहरीले विडी बरामद गरेको हो ।

अस्थायी पोष्ट काँकडाको टोलीले रातीको समयमा गस्ती गर्दा ४५ बन्डल अबैध विडी चुच्चैबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हे.क्वा. दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर विष्टले जानकारी दिए । सशस्त्रले बिडी तारीरहेको देखेपछि उनीहरु ४५ बन्डल बिडी त्यही छोडेर भागेको उहाले बताए ।

मंगलवार विहान नियन्त्रणमा लिएको २५ हजार रुपैँया बराबरको बिडी भन्सार कार्यालय दार्चुलालाई बुझाइएको उहाँले बताए । सिमानाकामा हुने अपराधिक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

दार्चुलामा धूम्रपान चर्को रेटमा खरिद बिक्री भै रहेको छ लकडाउन अघि प्रती बन्डल ३२० मा बिक्री गरिने बिडी अहिले ६०० मा बिक्री गरिरहेका छन भने २० रुपैयाँ मा बिक्री हुने बिडिको प्रती पाकेट ४० का दरले बिक्री गरिरहेका छन त्यस्तै सुर्ती जन्य मा पनि तेब्बर ले खरिद बिक्री भैरहेको छ यस्तो हुदा सम्म पनि प्रसासन मौन रहेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्