आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

सुशील सुवेदी
सिन्धुपाल्चोक – आफैले बोकेको खुकुरी आफ्नै कोखामा रोपिएपछि सिन्धुपाल्चोकको सुनकोशिमा एक पुरुषको मृत्यु भएको छ । त्रिपुरासुन्दरी(३ सुनकोशी बस्ने ५० बर्षिय ज्ञान बहादुर श्रेष्ठको आफैले बोकेको खुकुरीले कोखामा रोपिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

श्रेष्ठ तरकारी खेती गर्न टनेल बनाउन घर भन्दा तीन सय मिटर पर बाँस काट्ने क्रममा चिप्लिएर लड्न गई आफैले बोकेको खुकुरी आफ्नै बाँया कोखामा रोपिएर घाइते भएका थिए । श्रेष्ठलाई छोराले बोलाउँदै जाँदा घाइते अवस्थामा भेटेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्