सिन्धुपाल्चोकमा मात्रै १०४ जना क्वारेन्टाइनमा

सुशील सुवेदी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका क्वारेन्टाइनमा एक सय ४ जना रहेका छन् । भारतबाट विभिन्न नाका हुँदै जिल्ला आएका ५७ जनासहित १०४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइन र क्षेत्रीय क्वारेन्टाइन्मा ती व्यक्तिहरु रहेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी  दिए ।

पछिल्लो समय जुनै ठाउँबाट जिल्ला आएपनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नै पर्ने डीसीएमसीले निर्णय गरेको थियो । जिल्लामा अहिले १५ महिला र ८९ पुरुष नागरिकहरु क्वारेन्टाइनमा छन् । मेलचौर स्थित विपद् व्यवस्थापनको भवनको क्वारेन्टाइन्मा १५ जना, जिल्ला समन्वय समितिको भवनमा ३० जना, मेलम्ची रिभर रिसोर्टमा २४ जना, दुई किलो स्थित ग्रामिण महिला सिर्जनशील समुहको भवनमा १६ जना ,जाल्पा देवी माविको क्वारेन्टाइनमा १० जना, लिसंखुपाखर ५ को प्राथमिक स्वास्थ्य केन्द्रमा चार जना र जुगलको रत्न राज्य माविको क्वारेन्टाइनमा पाँच जना रहेका छन् । त्यसैगरी ५ जना मेलम्ची रिभर रिसोर्टको आइसोलेसनमा रहेका छन् ।

यसअघि जिल्लाका क्वारेन्टाइनमा बसेर दुइ सय ३५ जना घर फर्किसकेका छन् । भने १७ जना आइसोलेसनमा उपचारपछि घर फर्किसकेका छन् । जिल्लामा हालसम्म एक हजार ८५ जनाको आरडीटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको छ भने तीन सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये तीनजनाको आरडीटी पोजेटिभ देखिएको छ । एकजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्