फ्रान्स र जर्मनी भन्दा भारतमा कोरोनाका संक्रमित धेरै, ५४ सय भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा फ्रान्स र जर्मनीको भन्दा कोरोना संक्रमितको संख्या बढी पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै ९ हजारको हाराहारीमा कोरोनाका नयाँ संक्रमित थएिका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार भन्दा बढी पुगेको वल्ड्रोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । यो संगै भारत विश्वका प्रभावित मुलुक मध्ये ७ औँ नम्बरमा छ । भारतमा यो भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय भन्दा बढी पुगेको छ । भने ९१ हजार भन्दा बढी निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्