बाँके गाडी दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत

FILE PHOTO

काठमाडौं – बाँकेमा भएको गाडी दुघृटनाामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।

गाडी दुर्घटना हुँदा मृत्यु भएकाहरुमध्ये दुई जनाको सनाखत भएको छ । गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो । अरु १० जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतक र घाइते सबैलाई भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्