जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ – जुम्लामा २ जना प्रहरी सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको प्रयोगशाला बिभागको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वाब संकलन गरी परीक्षण गरिएका मध्यका जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका नौ जना र नेपाल प्रहरी २ जनामा संक्रमण देखिएको प्रतिवेदनमा उल्लेख छ

जुम्लाको हिमा गाउँपालिकाका वडा नं १ का ३६ वर्ष र ६३ वर्षका पुरुष, वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरी आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५, ३१, १२ वर्षीय पुरुष गरि नौ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । यसैगरी दैलेखका थप २४ जनामा पोजेटिभ देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्