बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने

FILE PHOTO

काठमाडौँ – बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने भएको छ । उनीहरु सबै भारतबाट फर्किएकाले कोरोना परीक्षण गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले मृतक र सबै घाइतेहरु भारतबाट फर्किएकाले कोरोना परिक्षण गरिन लागेको जानकारी दिए । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको ज्यान गएको थियो । यस्तै दुर्घटनामा २१ जना घाइते भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्