जापानमा बस्दै आएका श्रेष्ठले गरे आफ्नै गाउँका विपन्न ३५ घरपरिवारलाई राहत वितरण

काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

गोरखाको गण्डकी गाउँपालिका वडा नं.१ मकैसिंहका अति विपन्न ३५ घरपरिवारलाई चामल, नुन, तेल, साबुन लगायतका राहत सामाग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिए । राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, वडा नं. १ का वडा अध्यक्ष गिरबहादुर गुरुङ, वडा सचिव, समाजका अगुवाहरु अर्जुनकुमार श्रेष्ठ, तोपमान गुरुङ, नन वि.क. जनक बहादुर श्रेष्ठ, कर्ण बहादुर चेपाङ, रामबहादुर आले, दुर्गा श्रेष्ठ  लगायत अन्य समाजसेवीहरुले राहत वितरण गर्न सहयोग गरेका थिए । आफु जापानमा भए पनि नेपालमा राहत वितरण गरिदिएकोमा श्रेष्ठले सबैलाई धन्यावाद दिएका छन् । राहत पाएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।


श्रेष्ठ मकैसिंहकै स्थानीय बासिन्दा हुन् । उनी वितग ७ वर्ष देखि जापानमा बस्दै आएका छन् । उनले कोरोना भाइरसको महामारीका कारण नेपालमा लकडाउनको मारमा परेका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउँदै आएका छन् । यस अघि उनले काठमाडौँको तारकेश्वर नगरपालिकाका अति विपन्न परिवारलाई राहत वितरण गरेका थिए । उनले नेपालमा समस्यामा परेका नागरिकहरुलाई बेला बेला आर्थिक सहयोग गर्दै आएका छन् । जापानमा पनि समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् ।

सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्