कोरोना विरुद्धको भ्याक्सिन यस वर्षको अन्तमा विश्व बजारमा ल्याउने चीनको दाबी

काठमाडौं – कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले यसैबारे एक पोष्ट गरेको थियो । त्यसमा लेखिएको छ– यो भ्याक्सिन यसै वर्षको अन्तिममा वा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्छ । भ्याक्सिन दोस्रो चरणको परीक्षणमा गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्