आज प्रतिनिधिसभा बैठक बस्दै, संविधान संशोधन विधेयक कार्यसूचीमा राखियो

काठमाडौं – सरकारले आज संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ ।
नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आज बिहान ११ बजे बस्ने प्र्रतिनिधिसभाको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी हो ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ । संसद सचिवालयका अनुसार सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्