भ्रष्टाचारमा संलग्न उच्च सैनिक अधिकारी तथा कर्मचारी गरि सेनाका १६ जना कारवाहीमा

काठमाडौँ – नेपाली सेनाले अनुशासन र आचारण विपरीतका क्रियाकलाप हुने गरेको उजुरी परेसँगै छानबिन गर्न कारबाही तीव्र बनाएको छ । भ्रष्टाचारमा संलग्न उच्च सैनिक अधिकारी तथा कर्मचारीसमेत कारबाहीमा परेका छन् ।

यो एक हप्तामा सेनाले भ्रष्टाचार मुद्दामा अवकाश प्राप्त उपरथी एक, सहायक रथी एक, महासेनानी दुई, प्रमुख सेनानी एक, सेनानीहरू गरी १६ जनाभन्दा बढी सैनिक कर्मचारीलाई कारबाही गरेको छ । समरी जनरल सैनिक अदालतले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा कानुनी कारबाही गरेको हप्ता दिन नबित्दै शुक्रबार अवकाश प्राप्त उपरथीलाई पनि कारबाहीको फैसला सुनाएको छ ।

सैनिक हवाई महानिर्देशनालय गौचरनका तत्कालीन प्रमुख अवकाश प्राप्त (पाइलट) उपरथी सुधीर श्रेष्ठलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा नसिहत दिनुका साथै भ्रष्टाचार गरेको ५८ लाख ९५ हजार पाँच सय रुपैयाँ असुलको फैसला गरेको छ । सोही अभियोगमा संलग्न आठ सैनिक अधिकृतलाई सचेत र एक अधिकृतसहित नौ अन्य दर्जाका सैनिक कर्मचारीलाई सफाइ दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रष्टाचार मुद्दामा उच्च तहका सैनिक अधिकृतलाई कारबाही गरिएको यो पहिलो घटना हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्