स्थानीय तहको क्षमता भन्दा बढी नागरिक आँउदा व्यवस्थापनमा कठिनाई – नगर प्रमुख ओझा

डडेल्धुरा – अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले विभिन्न विद्यालयमा रहेका कोरेन्टाइनको अनुगमनलाई तिब्र पारेका छन् ।

क्वारेन्टाइनमा रहेका नागरिकहरु अराजक बन्दै गएको र अनुसाशित भएर नवसेको गुनासो सुनेपछि शनिबार नगर प्रमुख ओझाले क्वारेन्टाइनको अनुगमन गरेको हुन् । अनुगमनका क्रममा सहश्रलिङ्ग मावि अमरगढी–१० राँईमा रहेका नागरिकहरुका बीच कुरा राख्दै उनले भने, “मुलुकको परिस्थिति गम्भीर छ, संयमित, मर्यादित र जिम्मेवार नागरिक भएर क्वारिन्टाइनमा बसौँ ।” नगरपालिकामा जति बेला थोरै नागरिक थिए व्यवस्थित क्वारेन्टाइन भएको तर मानिसको चाप बढेसँगै व्यवस्थापन गर्न नगरपालिकाको स्रोत निकै कम भएको प्रमुख ओझाले बतताए । “अहिले हाम्रो श्रोत साधन र साम्थ्र्यले थेग्न गाह्रो भएको छ, सबैको साथ समर्थन र सहयोगको खाँचो छ ।” व्यवस्थापन कठिन भई सकेकोले सबैले जुटेर कोरोनाको सामाना गर्न प्रमुख ओझाले आग्रह गरे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्