पत्रकार धानुक विवादमा मुछिएसँगै उनले सञ्चालन गर्ने कार्यक्रम स्थगित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ का अध्यक्ष बहादुरसिँह महरालाई बलात्कारकाे फन्दामा फसाउनुपर्छ भन्ने जुक्ति सिकाउने कैलालीका पत्रकार नवराज धानुकले धनगढी एफएममा सञ्चालन गर्ने कार्यक्रम ताताे बहस हाललाई स्थगित भएकाे छ ।

समाजमा द्वन्द्व फैलाउने र जनप्रतिनिधिको चरित्र हत्या गर्ने अनैतिक कार्य गरेकाे भन्दै रेडियाे धनगढीले उक्त कार्यक्रम प्रशारणमा राेक लगाएकाे हाे ।
रेडियो धनगढीको कार्यक्रम तातो बहसका प्रस्तोता नवराज धानुकको विवादित अडियो बाहिर आएको संगै उनी माथी नैतिक प्रश्न उठेको छ, यस्तो अवस्थामा घटनाको बास्तबिकता र सत्यतथ्य बाहिर नआउन्जेल उक्त कार्यक्रम स्थगित गरिएको छ। सत्य र नैतिकताको पाठ बारे प्रश्न उठाउने पत्रकार र पत्रकारिता क्षेत्र माथी नैतिक प्रश्न उठिसके पछि नैतिकताका आधारमा यो कार्यक्रम बन्द गर्न बाध्य भएका छौ । यस बाट सम्पूर्ण श्रोतामा पर्न गएको असुविधा प्रती क्षमा प्रार्थी छाै ।”

याे पनि पढ्नुहाेस ।

पत्रकार नवराज धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्