दोलखाको शैलुङमा विदेशबाट नागरिकहरु भित्रिने क्रम सुरु, अध्यक्ष भन्छन्–’गाउँपालिकाको स्रोत साधानले धान्न सकिदैन’

दोलखा – शैलुङ गाउँपालिका दोलखामा विदेशमा भएका नागरिकहरु भित्रिने क्रम रहेको छ ।
गाउँपालिका अध्यक्ष भरत दुलालका अनुसार विदेशमा रहेका सबै शैलुङबासी फर्किए गाउँपालिकाको क्वारेन्टाइनले मात्रै धान्न सक्दैन । तर पनि गाउँपालिकाले ८ वटै वडाहरुमा क्वारेन्टाइन निर्माण अभियान सुरु गरेको छ । तर पनि सुरक्षित राख्न सकिने अवस्था छैन, अध्यक्ष दुलालले भने, “हामीसँग डाक्टर हुनुहुन्न, हेल्थ असिस्टेन्ट सम्मका स्वास्थ्यकर्मीहरुलाई हामीले साथमा लिएर उपचार गर्नुपर्ने स्थिति छ, अहिले हामीले प्रदेश सरकार संघीय सरकारसँग कम्तिमा आरडीटी परीक्षणका निम्ती अनुरोध गरेका छौ, तर उहाँहरुले आफैले व्यवस्था गर्नुपर्ने भन्नुभएको छ ।” गाउँपालिकामा ल्याब टेक्निसियननै नभएको अवस्थामा आरडीटी पनि परीक्षण गर्न नसकिने अवस्था रहेको अध्यक्ष दुलालले बताए । शैलुङबासीहरु भारतबाट फर्किने क्रम सुरु भएको र तेस्रो मुलुकबाट पनि फर्किने हो भने गाउँपालिकाले चाप धान्न नसक्ने उनको भनाई छ । शैलुङ दुर दराजको गाउँपालिका भएकाले स्रोत साधनको कमीले क्वारेन्टाइन निर्माणमा नै समस्या भएको छ । भारत वा तेस्रो मुलुकबाट सबै गाउँबासी फर्किए भने होम क्वारेन्टानइमा बसाउनु बाहेक गाउँपालिकासँग अर्को विकल्प नभएको उनको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्