रुकुम र देवदहका घटनामा राष्ट्रसंघको चासो, स्वतन्त्र अनुसन्धान गर्न आग्रह

काठमाण्डौ – संयुक्त राष्ट्रसंघले रुकुम पश्चिममा भएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

राष्ट्रसंघ अन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले रुकुम पश्चिममा दलित युवामाथि भएको सामूहिक आक्रमण र रुपन्देहीको देवदहमा युवतीको हत्या भएको बारे चासो व्यक्त गरेको हो ।

साथै ओएचसीएचआरले रुकुम पश्चिममा ५ जना र रुपन्देहीको देवदहमा एक दलित किशोरीको हत्या भएकोमा घटनाको निन्दा गरेको छ ।

ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले विज्ञप्ति जारी गरी दुईवटै घटनाको स्वतन्त्र अनुशन्धान गर्नुपर्ने उल्लेख गरिन् । नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलनको पक्ष राष्ट्र भएको स्मरण गराउँदै उहाँले छुवाछूतको अन्त्य भएको भनिएपनि पटक पटक हुँदै आएका घटनाहरुले विभेद कायमै रहेको देखाएका पनि बताएकी छिन् ।

मिशेलले यी घटनाको स्वतन्त्र अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन जोड दिइन् । ‘नेपालमा संवैधानिक ग्यारेन्टी हुँदाहुँदै पनि जातीयताका आधारमा अपराधमा उन्मुक्ति छ, मिशेलले भनिन्,‘नेपालले जातीयतामा आधारित अपराधका विरुद्ध कदम चालेको छ, तर समाजमा व्याप्त कुरीति हटाउन अझ थुप्रै प्रयास गर्न बाँकी नै छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्