गौरीफन्टाबाट डडेल्धुरासम्मको दोब्बरभन्दा बढी भाडा लिन्छन् बस व्यवसायीहरु, सम्बन्धित निकाय मौन

डडेलधुरा – भारतका विभिन्न स्थानवाट डडेल्धुरा आउनेहरुसँग वसहरुले मनपरी भाडा असुल्ने गरेको पाईएको छ ।

कैलालीको गौरीफन्टा नाकावाट डडेलधुरासम्मको भाडा करिव ४ सय रुपैयाँ रहेको भएपनि बसहरुले प्रतिव्यक्ति १ हजार रुपैयासम्म लिने गरेका छन् । नेपाल भारत सिमानाकामा आएका नेपालीहरुलाई सम्बन्धित जिल्ला पुर्‍याउनका लागि बसको व्यवस्थापन गर्ने निकायले निश्चित भाडा निर्धारण नगरीदिंदा वस व्यवसायीहरुले मनपरी भाडा लिईरहेका छन् ।

लकडाउनका कारण पैसाको अभाव भईरहेका समयमा उद्धारका नाममा बसहरुले दोव्वर भन्दा बढी भाडा लिंदा आफुहरु झनै मार्कामा परेको यात्रुहरुको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्