कोरोनाभाइरस विरुद्धको खोप बन्न लाग्यो : ९९ प्रतिशत सफलता

काठमाडौं – कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप बनाउन क्रियाशिल चीनका अनुसन्धानकर्ता वैज्ञानिकहरुले खोप तयार भएको र यसको प्रभावकारीता जाँच ९९ प्रतिशत सफल भएको बताएका छन् ।

बेलायत स्थित प्रसारण संस्था स्काईले प्रसारण गरेको समाचारमा चीनियाँ वैज्ञानिकहरुले कोरोनाभाइरस विरुद्धको खोपको निर्माण गरिरहेको र त्यो सफल हुने अन्तिम चरणमा पुगेको बताइएको छ ।

चीनको राजधानी बेइजिङ स्थित बायोटेक फर्म सिनोभ्याकमा बनिरहेको खोपको एक हजार जनामा गरिएको दुई चरणका परीक्षण सफल भएको अनुसन्धानमा खटिएकाहरुले बताएका छन् ।

खोप सार्वजनिक गर्नुअघी तेस्रो र अन्तिम चरणको परीक्षण बेलायतमा गर्ने तयारी भइरहेको पनि स्काई समाचारले जनाएको छ ।

सिनोभ्याकले बेइजिङमा व्यवसायिक उत्पादन कारानाखानै निर्माण गर्दैछ जसले खोप बनाउन स्विकृति पाए लगत्तै आम प्रयोगका लागि एक करोड डोज खोप बनाउने तयारी गरेको छ ।

स्विकृति पाएलगत्तै बनाउन शुरु गरिने खोप सुरुवातमा भने स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरुलाई दिइने बताइएको छ ।

यसैबीच कोभिड १९ बाट हालसम्म विश्वमा ३ लाख ६६ हजार बढीको मृत्यु भैसकेको छ भने ६० लाख २६ हजार बढी संक्रमित छन् । विगत २४ घण्टामा मात्रै ४ हजार ८ सय बढीको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्