स्विस टेनिस स्टार रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

ROGER FEDERER (SUI) TENNIS - THE CHAMPIONSHIPS -WIMBLEDON - ALL ENGLAND LAWN TENNIS AND CROQUET CLUB - ATP - WTA - ITF - WIMBLEDON - SW19 - LONDON - GREAT BRITAIN - 2019 © TENNIS PHOTO NETWORK

काठमाडौं – स्विस टेनिस स्टार रोजर फेडरर विश्वकै धेरै कमाइ हुने खेलाडी बनेका छन् ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका खेलाडीहरुको वार्षिक आम्दानीको सूचीमा फेडरर शिर्ष स्थानमा पर्न सफल भएका हुन् । कमाइको हिसावले गत बर्षको तुलनामा ३८ स्थान माथि उक्लिएका फेडररले गत बर्ष १० करोड ६४ लाख अमेरिकी डलर कमाइ गरेका छन् ।

फेडररको यो कमाइले उनलाई अर्जे्न्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पनि उछिनेको छ । कमाइको हिसावले फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो दोस्रो स्थानमा छन् भने मेस्सी तेस्रो स्थानमा झरेका छन् ।

चौथो स्थानमा ब्राजिलियन फुटबलर नेयमार परेका छन् भने पाचौं स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेबोर्न जेम्स छन् ।

यसअघी फोर्ब्सले नै सार्वजनिक गरेकफ महिला खेलाडीहरुको सूचीमा पनि जापानीटेनिस खेलाडी नाओमी ओसाका शिर्ष स्थानमा पर्न सफल भएकी थिइन् ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्