कोरोना भाइरस समाप्त भइ नसकेकोले नयाँ प्रकोपका लागि तयार हुन डब्लुएचओको चेतावनी

काठमाडौं – विश्व स्वास्थ्य संगठनले विभिन्न देशले लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस समाप्त भइ नसकेको ले नयाँ प्रकोपका लागि तयार हुन चेतावनी दिएको छ ।

डब्लुएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भएकोले नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले लकडाउन खुकुलो भएपनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताएका छन् । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्न पनि डब्लुएचओले सुझाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्