विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो, ३ लाख ६१ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९ सय ७ जना पुगेको छ । यो भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकामा साढे १७ लाख भन्दा बढी संक्रमित रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै दोस्रो नम्बरमा ब्राजिल प्रभावित मुलुक बनेको छ ।
कोरोना भाइरसका कारण विश्वरभ ३ लाख ६१ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्, भने २५ लाख ७७ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्