विश्वभर कोरोना संक्रमण बढ्दो क्रममा, एशियाकै प्रभावित मुलुकको सूचीमा भारतः कति पुगे संक्रमित ?

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ । भारतमा संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । भारतमा भएका कतिपय नेपालीहरु पनि प्रभावित भएका छन् ।

भारतमा कोरोनाको कारण ४ हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् । भने ७० हजार भन्दा बढी संक्रमित निको भएका छन् । कोरोना संक्रमितको संख्या निरन्तर बढे सँगै भारत एशियाकै प्रभावित मुलुकको सूचीमा परेको छ । विश्वका अति प्रभावित मुलुक मध्ये भारत नवौँ नम्बरमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्