भारत र चीन बीचको सीमा विवादमा मध्यस्थता गर्न अमेरिका तयार

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिको प्रस्ताव लगत्तै चीनले भारतसँगको सीमा विवाद सामान्यतया स्थिर र नियन्त्रणमा आउन लागेको प्रतिक्रिया जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा भारत र चीनबीच पछिल्लो पटक देखिएको सीमा विवादको मध्यस्थता गर्न अमेरिका तयार, इच्छुक र सक्षम रहेको बताएका छन् । उनले दुबै राष्ट्रलाई अमेरिकी मध्यस्थताबारे जानकारी गराएको दाबी समेत गरे ।

अमेरिकी राष्ट्रपतिको प्रस्ताब लगत्तै चिनियाँ विदेश मन्त्रालयले दैनिकरुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता जाओ लिजानले सम्बन्धित निकाय दुबैतर्फका अग्रपंक्तिका सैन्य इकाई र दूतबाससँग छलफलमा रहेको प्रतिक्रिया दिए । उनले परस्पर सञ्चार र छलफलबाट सीमा क्षेत्रमा शान्ति र स्थिरताका लागि प्रतिबद्ध रहेको बताए ।
भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणका अनुसार उत्तरी लद्याखको चार विभिन्न स्थानमा भारतीय र चिनियाँ सेनाबीच विवाद देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्