शुक्लाफाँटा नपा-८ का युवा समाजसेवी पन्तले गरे क्वारेन्टाइन व्यवस्थापनका लागि समाग्री हस्तान्तरण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८, भमरभाेजका समाजसेवी ईश्वरप्रसाद पन्तले क्वारेन्टाइन व्यवस्थापनका लागि केही सामाग्री हस्तान्तरण गरेका छन ।
बिहिवार शुक्लाफाँटा नगरपालिका-८, बेल्डाँडीमा रहेकाे सिद्धनाथ माध्यमिक विद्यालयमा निर्माण गरिएकाे क्वारेन्टाइन स्थलमा वडा अध्यक्ष बहादुर सिँह महरालाई समाजसेवी पन्तले सिरक डसना ३ थान, थाल ३० थान, गिलास १५ थान, लाेटा २५ थान र ५ थान डाडु पनिउ हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बाेल्दै अध्यक्ष महराले समृद्ध वडा निर्माणमा यस्ता समाजसेवीकाे भूमिका महत्त्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रममा सक्रिय हुन युवा समुह, बुद्धिजीवी, शिक्षाप्रेमी, राजनीतिक दल लगायत स्थानीयलाई आव्हान गरे ।
उक्त कार्यक्रममा बाेल्दै समाजसेवी पन्तले युवा सक्रिय भए सभ्य समाज निर्माण गर्नसक्ने विचार व्यक्त गरे ।
समाजसेवी पन्त फुलेली-भमरीभाेज खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका छन् । उनी लामाे समय शिक्षा क्षेत्रमा समेत कार्यरत थिए ।
वडा कार्यालयले निर्माण गरेकाे क्वारेन्टाइनमा हालसम्म ३५ पुरूष र १ महिला गरि ३६ जना रहेका छन भने विहिवार अझै थपिने भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्