मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई पत्र पठाएः विषेश आर्थिक प्याकेज बारे

धनुषा – प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन् । भारत सहित तेस्रो मुलुलकमा वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने भन्दै उनले युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

साथै प्रदेश सरकारले मात्र खाद्यान्नसहित राहत उपलब्ध गराउन चुनौतीपूर्ण भएको भन्दै उनले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्