राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दै, बजेटका विषयमा विशेष छलफल हुने

काठमाडौं – आगामी आर्थिक वर्ष ०७७र७८ को बजेटका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बिहीबार दिउँसो बस्ने भएको छ ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमै २ बजेका लागि बैठक राखिएको आयोगका एक सदस्यले जानकारी दिए ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्च) को प्रक्षेपण राख्नेछन् । प्रधानमन्त्रीले चाहे बजेटमा केही संशोधन हुनेछ । समर्थन जनाएमा भने त्यहाँबाट पारित गरेर मन्त्रिपरिषद्मा पठाइनेछ । बिहीबारै बस्ने मन्त्रिपरिषद् बैठकले पारित गरेपछि अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् । संयुक्त सदनको बैठक ४ बजे राखिएको छ । बजेट भाषण सकिएलगत्तै बिहीबार ६ बजे नै प्रतिनिधिसभाको अर्को बैठकसमेत बस्दैछ । कोरोना महामारीबीचमा आउने बजेटले स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिने सरकारले बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्