जनताले गणतन्त्रको अनुभव गर्न नपाए जुनसुकै तन्त्र आएपनि त्यसले अर्थ कुनै राख्दैन : अध्यक्ष शेर्पा

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जब सम्म नेपाली जनताले लोकतान्त्रिक गणतन्त्र तातो होकि चिसो हो आफैंले छामेर अनुभव गर्न पाउँदैन तबसम्म लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

अध्यक्ष शेर्पाले १३ औँ गणतन्त्र दिवको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना सन्देश दिदै यस्तो बताएका हुन् । उनले गणतन्त्र बलियो बनाउनका लागि सबैले सचेत हुनुपर्ने पनि बताएका छन् । बिहिबार उपहार खबरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष शेर्पाले आम जनताका स–साना समस्याहरुको सम्बोधन नभएसम्म आम जनताको लागि गणतन्त्रको महसुस नहुने बताए । ठूलो संघर्ष गरेर ल्याएको गणतन्त्रको अनुभुति जनताले महसुस गर्न सक्नुपर्ने बताएका छन् ।

अध्यक्ष शेर्पाले भने, “अकाशमा झुन्डिएको फल जस्तो लोकतान्त्रिक गणतन्त्रलाई जनताले अनुभव गर्नु पाएन भने जुनसुकै तन्त्र अए पनि त्यसले कुनै अर्थ राख्दैन, लोकतान्त्रिक गणतन्त्रमा सम्पुर्ण समुदायले समानरुपमा राज्यले दिने हरेक सेवा पाएको अनुभव भएमा त्यसले मात्र लोकतन्त्र बलियो हुन्न सक्छ ।”

संसामा महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई सबै समुदाय र राजनीतिक दलहरु एक भएर सामना गर्ने विश्वास पनि अध्यक्ष शेर्पाले व्यक्त गरे ।

हेलम्बु गाउँपालिकाले हेलम्बु ग्रेट ट्रेल जस्ता चर्चित योजना देखि गाउँपालिकामा स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले जानकारी पनि दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्