आईटी तथा सफ्टवेयर व्यवसायका लागि माछापुच्छ्रे बैंकको विशेष ऋण सुविधा

काठमाडौं – माछापुच्छ्रे बैंकले सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर क्षेत्रमा कार्यरत व्यवसायीहरूलाई लक्षित गर्दै सूचना प्रविधि ऋण सुविधा सञ्चालनमा ल्याएको छ। यस योजनामार्फत आफ्नो प्रविधि तथा सफ्टवेयर व्यवसाय विस्तार गर्न चाहने कम्पनीहरूले न्यूनतम १० लाख रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार सूचना प्रविधि क्षेत्रमा उद्यमशीलता, नवप्रवर्तन तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो विशेष ऋण सुविधा ल्याइएको हो।

यसअन्तर्गत निर्यात बिल छुट सुविधा, परियोजना ऋण, कार्यशील पुँजी ऋण तथा अवधि ऋण उपलब्ध हुनेछन्।

यो सुविधा कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेका सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूका लागि उपलब्ध हुनेछ। बैंकले व्यवसायको आवश्यकता र प्रकृतिअनुसार उपयुक्त वित्तीय समाधान उपलब्ध गराउँदै सूचना प्रविधि क्षेत्रको दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्