गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल कोरोना भाइरसबाट संक्रमित, विज्ञप्ति निकालेर जानकारी दिए

काठमाडौँ – धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराएका छन् ।

धुर्काेट गाउँपालिकाको छिमेकी गाउँमा समेत कोरोना सङ्क्रमण देखिएपछि धुर्काेट गाउँपालिकाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालकको कोरोना चेकजाँच गर्दा आफ्नो कोरोना पोजेटिभ देखिएको र आफू सो समयमा गाउँपालिकाभन्दा बाहिर सदरमुकाम मात्रै गएको र आफ्नो गाउँपालिका निक्कै जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।

सङ्क्रमण समयमै पहिचान भएकाले अवसरको रुपमा लिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफू एकान्तवासमा बसेको र आफ्नो सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने भएकाले क्वारेन्टाइनमा बस्न सबैलाई अनुरोध गरे ।

उनीसँगै धुर्काेट गाउँपालिका वडा नं ४ का अर्का सङ्क्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको र उनी दीर्घरोगी समेत रहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धुर्काेट गाउँपालिकामा कोरोनाको उच्च जोखिम रहेकाले गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको सेवा अर्काे सूचना नआएसम्मको लागि रोकिएको जानकारी दिए । उनले गाउँपालिकाको वरबोट क्षेत्रदेखि वडा नं ४ भुवानसम्मको क्षेत्र सिल गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्