सिन्धुपाल्चोकका ४ पालिकामा क्षेत्रीय क्वारेन्टाइन विस्तार गरिने

सुशील सुवेदी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा क्षेत्रिय क्वारेन्टाइन बढाइने भएको छ । आज मेलम्चीमा बसेको बैठकको निर्णय अनुसार क्वारेनटाइन बढाउने निर्णय भएको हो ।

हेलम्बु गाउँपालिकाको ग्याल्थुम र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको तिपेनिमा वैकल्पिक रुपमा क्वारेनटाइन विस्तार गर्ने निर्णय भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए । क्षेत्रिय क्वारेनटाइन विस्तार गर्न र वैकल्पिक क्वारेनटाइन निमार्णको लागि सबै पालिका हरुले ५ लाख जम्मा गर्नुपर्ने निर्णय भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए । सिन्धुपाल्चोकका हेलम्बु, इन्द्रावति र पाँचपाखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष र मेलम्ची नगरपालिकाका प्रमुख गरि ४ वटा स्थानिय तहका प्रमुख सहित सहायक जिल्ला अधिकारी बाबुराम खनाल, जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत पार्कमणि न्यौपाने लगायत जनप्रतिनिधिको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै आज सम्बन्धित पालिकाहरुलाइ आरडीटी परीक्षण किट समेत वितरण गरिएको छ । मेलम्ची नगरपालिकाका जनप्रतिनिधी हरुलाइ ५० किट वितरण गरिएको हो भने ७४ स्वास्थ्यकर्मी किट वितरण गरिएको हो । त्यस्तै हेलम्बुका जनप्रतिनिधिलाइ ३० स्वास्थ्यकर्मिलाइ ३२, पाचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिलाइ ३० स्वास्थ्यकर्मिलाइ ४७, ईन्द्रवती गाउँपालिकाका जनप्रतिनिधिलाइ ३० त्यस्तै स्वास्थ्यकर्मिलाइ ७०, वटा किट वितरण गरिएको जिल्ला जन स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्क मणि न्यौपानेले जानकारी दिए । यसैबिच क्वारेन्टाइन र आइसोलेशन हरुमा एन ९५ माक्स र्थमलगन १ -१ थान, सर्जिकल माक्स यो क्षेत्रलाई १७ हजार वितरण गरिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्