गरिबी घट्यो, महँगी बढ्योः अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गरिबी घटेको बताएका छन् ।

संघीय संसदमा मंगलबार आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले २ प्रतिशतले गरिबी घटेर १६ प्रतिशतमा झरेको बताएका हुन् । उनले सरकारले लिएको नीतिका कारण गरिबीको रेखामुनी रहेको जनसंख्या घट्दै गएको उल्लेख गरे । आर्थिक सर्वेक्षणअनुसार मुलुकको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड छ ।

कुल ऋणमध्ये आन्तरिक चार खर्ब ५१ अर्ब ९ करोड र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड छ । सर्वेक्षण अनुसार व्यापार घाटामा सुधार आएकोले शोधनान्तर स्थिति बचतमा छ । मूल्य वृद्धिदर एकल अंकमा भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्