काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेर २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने प्रतितोला ९० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो यसको मूल्य ४ हजार ४१५ रुपैयाँ प्रतितोला रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।




