डोटीको बडीकेदार गाउँपालिकाले भारत तथा तेस्रो मुलुकमा रहेका आफ्ना नागरिकलाई सीमा क्षेत्रबाट ल्याउँदै

चक्र मल्ल

डोटी – बडीकेदार गाउँपालिकाले कामको शिलशीलामा भारत तथा तेस्रो मुलुकमा रहेका बडीकेदार बासीलाई गाउँपालिकामा ल्याउने काम गरीरहेको छ ।

विश्वमा कोरोना भाईरसले असर गरीरहेका बेला गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आउने नेपालीलाई भारत र नेपालको बिचमा पर्ने गौरीफन्टा नाका बाट बसको व्यवस्था गरी गाउँपालिकामा ल्याईएको हो ।

गाउँपालिकाको तथ्याङ्क अनुसार १ हजार ४ सय मध्ये हाल वडा नम्बर–१ १७ जना, वडानम्बर–२ मा १९ जना, वडानम्बर–३ मा १९ जना, वडानम्बर–४ मा २३ जना, वडानम्बर–५ मा ६४ जना, र बोगटान फुड्सिल गाउँपालीका का ४ जनागरी हाल १ सय ४६ जना लाई क्वारन्टाईनमा राखिएको छ । गाउँपालिकाले पाँचै वडामा १ ÷१ क्वारन्टाइन को ब्यबस्था गरेको छ ।

कोरना भाईसरबाट सुरक्षित रहनकालागि गाउँपालिकाले सबै संमयन्त्र सुचारु गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । साथै बडीकेदार गाउँपालिकाका सबै दाजुभाई तथा दिदि बहिनी हरुमा सुरक्षीत रहेर काम गर्न पनि उनले आग्रह गरेका छन् ।

बडीकेदार गाउँपालिकाले भारत तथा तेस्रो मुलुकमा रहेका बडीकेदार बासीलाई नाका बाट गाउँपालिकामा ल्याउनकोलागि बसको ब्यबस्था गरी क्वारन्टाईनमा राखिएको गाउँपालिकाका उपाध्यक्ष तथा कोरोना क्वारन्टाईन ब्यबस्थापन उप समिति संयोजक ईन्द्रा भाट बोहराले जानकारी दिइन् । साथै गाउँपालिकाले बाकी रहेका दाजुभाई तथा दीदी बहिनी हरुलाई गाउँपालिकामा ल्याउनको लागी पहल गरीरहेको बताए । बडीकेदार गाउँपालिकामा कोरोना भाईरस फैलिन नदीन सबैसँग सहकार्य गरेर आ–आप्ःm्नो ठाउँमा सुरक्षित रहनकोलागि सहयोग गरिदिन बडीकेदार बासीमा अनुरोध समेत गरिन् । साथै आफु पनि रातदीन कोरना रोग बाट जोगीन र भारत तथा तेसो्र मुलुकबाट आउने दाजुभाई लाई कसरी नाकाबाट ल्याउने र सुरक्षित क्वारन्टाईनमा राख्नको लागी लागिपरेको बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्