चौरजहारी घटनाको विषयमा जनार्दन शर्माले बोल्दा संसदमा काँग्रेसको अवरोध, गृहमन्त्रीको जवाफ माग

काठमाडौं – प्रतिनिधिसभामा नेकपाका सांसद जनार्दन शर्माले रुकुम घटनाबारे बोल्दै गर्दा काँग्रेसका सांसदले विरोध गरेका छन् ।

सांसद शर्माले आफ्नो जिल्लामा भएको घटनाका बारेमा जानकारी दिँदै घटनाको छानविन गर्न माग गरिरहेका बेला काँग्रेस सांसदले घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।

शर्माले बोल्दै गर्दा काँग्रेस सांसदले उठेर होे हल्ला गरेपछि सभामुख अग्नि सापकोटाले काँग्रेस सांसदलाई पटक पटक बस्न आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री रामबहादुर थापालाई सभामुखले जवाफ दिन समय दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्