शुक्लाफाँटा नगरपालिका–८ द्वारा भीडभाड नगर्न/नगराउन आग्रह, गरिएको पाइएमा कानुन बमोजिम कारवाही गरिने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ कार्यालयले भीडभाड नगर्न नगराउन सम्पूर्ण वडाबासीहरुमा आग्रह गरेको छ ।
सोमबार वडा कार्यालयले एक हार्दिक अपलि पत्र जारी गर्दै कोरोना भाइरसको महामारीमा देश बाहिरबाट स्वदेश फर्किने क्रम जारी रहेकोले सार्वजनिक स्थानहरुमा भीडभाड नगर्न आग्रह गरिएको छ ।

देश बाहिरबाट आएका व्यक्तिहरुलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ । वडा अध्यक्ष बहादुर सिंह महराद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “यस विषम परिस्थितिमा सम्पूर्ण वडा नं. ८ बासी जनसमुदायहरुलाई अत्यावश्यक कार्य बाहेक विभिन्न चौताराहरु, पुल, पुलेसाहरुमा बस्ने तथा भीडभाड नगर्न÷नगराउन हुन र अत्यावश्यक काम बाहेक घर बाहिर नआउन हुन यस वडा नं. ८ को कार्यकाल हार्दिक अपिल गर्दछौँ ।” सूचनाको अवज्ञा गरि चौताराहरु, पुल/पुलेसाहरुमा तथा अन्य सार्वजनिक ठाउँहरुमा मानिसहरुको भीडभाड भएको देखेमा कानुन बमोजिम कारवाही गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्