इरानसँगको सम्भावित सम्झौतामा ट्रम्पको निर्णय अझै बाँकी

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलडमरूमध्य पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गर्नुभएको छैन ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग झण्डै दुई घण्टा लामो बैठक बसेको थियो । बैठकमा इरानसँगको सम्भावित सहमति, क्षेत्रीय सुरक्षा अवस्था तथा आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्किएको छैन ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षा चासोहरू सम्बोधन हुने र इरानको आणविक कार्यक्रम प्रभावकारी रूपमा नियन्त्रणमा रहने सुनिश्चितता प्राप्त भएपछि मात्रै कुनै सम्झौता अगाडि बढाइने अडान राख्नुभएको छ ।

यसले इरानसँगको सम्भावित सहमतिबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने संकेत गरेको छ । यसअघि इरानका विदेशमन्त्री अब्बास अराघची ले आफ्ना ओमानी समकक्षीसँगको कुराकानीमा युद्धविराम सम्बन्धी वार्ताको सफलता वा असफलता अमेरिकाले राख्ने मागको प्रकृतिमा निर्भर रहने बताउनुभएको थियो ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच अमेरिका र इरानबीच सम्भावित सहमतिको प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्