भारतमा कोरोनाको अवस्था भयावह बन्दै, एकै दिन साढे ६ हजार भन्दा बढी थपिए, संक्रमितको संख्या झण्डै १ लाख २५ हजार

काठमाडौँ – भारतमा एकै दिन साढे ६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमितको संख्या झण्डै १ लाख २५ हजार पुगेको छ । भारतमा पछिल्लो केहि दिन यता दैनिक ६ हजार बढी कोरोनाका नयाँ विरामी फेला पर्दै आएका छन् ।

यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७ सय २६ पुगेको छ भने ५१ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । दक्षिण एसियामा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । भने विश्वमा ११औँ नम्बरको प्रभावित मुलुक बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्