विश्वमा कोरोनाः संक्रमितको संख्या ५३ लाख नाघ्यो, मृतकको संख्या ३ लाख ४० हजार पार

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५३ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५३ लाख ४ हजार ३४० जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा झण्डै साढे १६ लाख संक्रमित छन् । भने ब्राजिल र रुस बढी प्रभावित हुने मुलुकको क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् । युरोपका स्पेन, बेलायत, इटाली, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।

यो भाइरसको कारण अहिलेसम्म संसारभरी ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ९७ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी साढे २१ लाख भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्