पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना, क्षतिबारे विवरण आउन बाँकी

FILE PHOTO

काठमाडौं – पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको हो । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेट पहिला दुर्घटनामा परेको हो ।

विमानमा ९७ जनाको रहेको आकलन छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्