पाँचपोखरीको थाङ्पाल गाउँपालिकाको कोरोना कोषमा हालसम्म ९१ लाख बढी रकम जम्मा

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङपालगाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण तथा विपद व्यवस्थापन कोषमा हालसम्म ९१ लाख ६० हजार ८ सय ९९ रुपैँया जम्मा भएको छ । आज मानुषी लगुवित्त वित्तिय संस्था लिमिटेड तिपेनिले उक्त कोषमा १५ हजार रुपैया जम्मा गरेको छ । संस्थाका शाखा प्रमुख उद्धव कुमार खकुरेलले उक्त रकम वरावरको चेक गाँउपालिकाका अध्यक्ष टासी लामालाई हस्तान्तरण गरेको गाँउपालिकाका प्रवक्ता पासाङ लामाले जानकारी दिए । सहयोग गरेकोमा संस्थालाई गाँउपालिका अध्यक्ष लामाले धन्यवाद ज्ञापन गरे । गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा हाल सम्म गाँउपालिकाको आन्तरिक सा्रेतबाट ७० लाख, प्रदेश सरकारबाट १० लाख, कर्मचारीबाट २ लाख पैँतालिस हजार सात सय बैसठ्ठी, शिक्षकबाट ४ लाख ९९ हजार एक सय सैतिस, जनप्रतिनिको एक महिनाको सुविधा वरावर तिन लाख, फेयरमेड फाउन्डेसन पचास हजार, मनवहादुर अधिकारीबाट ५१ हजार, मानुषी लगुवित्त वित्तिय संस्था लिमिटेडबाट १५ हजार रकम जम्मा भएको लामाले जानकारी दिए । गाँउपालिकाले स्वेच्छिक रुपमा प्राप्त सहयोग मात्रै कोषमा जम्मा गर्ने गाँउपालिकाका अध्यक्ष लामाले जानकारी दिए । आफुहरुले सार्वजनिक रुपमा आग्रह नगरी उक्त रकम स्वेच्छिक रुपमा कोषमा जम्मा भएको लामाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्