बैतडी र डडेल्धुरामा पनि देखियो कोराेना, संक्रमितको संख्या ५०७

काठमाडौं – थप २० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेल्धुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशीक अस्पतालमा तीन जना, यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई–२ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्