छोराको जन्मदिनमा विद्यार्थी नेता साउदले अनाथालयमा तरकारी र फलफुल वितरण गरे

कञ्चनपुर – नेपाल बिद्यार्थी संघ कंचनपुरका उपाध्यक्ष इन्द्र साउदले अनाथालयमा रहेका बालबालिकाहरुलाई तरकारी र फलफूल वितरण गरेका छन् ।

उपाध्यक्ष साउँदले आफ्नो छोराको जन्मदिनको उपल्क्षमा तरकारी लगायत फल्फुल अनि मिठाई वितरण गरेका हुन् । उनले १० केजी आलु, १० केजी प्याज, ५ केजी टमाटर, ५ केजी स्वयावीन, ५ दर्जन केरा र मिठाई वितरण गरेका हुन् । आफ्ना आमावुवा गुमाएर अनाथलयमा बसेका बालबालिकाहरुलाई आफ्नै छोरा सरह ठानेर तरकारी र फलफुल वितरण गरेको उपाध्यक्ष साउँदले बताए ।

उपाध्यक्ष साउदले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहदै आएको जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्