हेलम्बुको कोरोना रोकथाम कोषमा सीएसआरसीको १ लाख सहयोग

सुशील सुवेदी
सिन्धुपाल्चोक – हेलम्बु गाँउपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा सामुदायिक आत्मनिर्भरता सेवा केन्द्रले १ लाख रुपैँया जम्मा गरेको छ ।
रकम जम्मा गरकोमा गाँउपालिकाले संस्थाप्रति आभार प्रकट गरेको छ । यसअघि जनप्रतिनिधिले एक महिना वरावरको रकममा ४ लाख २६ हजार जम्मा गरेका छन् । १६ लाख ७९ हजार ६ सय ६६ रकमबाट सुरुमा कोष स्थापना गरेको हो । यसैविच गाँउपालिकामा हालसम्म हिल नेपाल हेलम्बु, जस्ट नेपाल फाउन्डेसन, काठमाडाँै , कोईराला मेडिकल काँठमाडौ, ह्योल्मो सोसाईटि अफ क्यानडा, नवजीवन सहकारी हेलम्बु, हेल्प नेपाल, काँग्रेस नेता मोहन वहादुर बस्नेत, सर्मिला भट्टराई, फेयरमेड र मांक, रामकृष्ण लामिछाने, भद्र भण्डारी, नयन वहादुर पण्डित लगायतले गाउँपालिकालाई नगद तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको गाँउपालिका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले बताए । सहयोग गर्न इच्छुकहरुले मेगा बैङ्क हेलम्बु खाता नं ०९७००१००३५३२२ मा जम्मा गर्न सकिने शेर्पाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्