भारतीय मिडियालाई सीमा विवादको जडबारे अल्पज्ञान, फुटाउ र राज गर भन्ने मान्यता

काठमाडौं – लामो समयदेखि भारतीय अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि नेपालमा फेरि एक पटक राष्ट्रिय एकताको अनुपम उदाहरण देखा परेको छ ।

प्रतिश्पर्धात्मक राजनीतिमा विभिन्न विषयमा आरोप–प्रत्यारोपमा उत्रने राजनीतिक दलहरु भारतद्वारा गरिएको सीमा अतिक्रमणको एकजुट भएर प्रतिवाद गरिरहेका छन् भने सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनिक नक्सालाई अन्तर्रा्ष्ट्रियस्तरमा सर्वस्वीकार्य तुल्याउनका लागि एकतावद्ध देखिएका छन् ।

यसबारे भारतीय मिडियामा विभिन्न बहसहरु हुन थालेका छन् । तर भारतीय मिडियामा कालापानी, लिपुलेक र लिम्पियाधुराको विवादको जडबारे समेत राम्रो ज्ञान देखिएको छैन । अधिकांश भारतीय मिडियामा नेपालले आफ्नो नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको विषयलाई चीनसँग नेपालको निकटता देखाउन हरसम्भव कोशिस गरेको पाइन्छ । भारतले ती नेपाली भूभागमा सन् १९६२ मा चीनसँगको युद्धकै समयदेखि कब्जा जमाएको तथ्यलाई भारतीय मिडियाले कहिल्यै उजागर गर्न सकेनन् र त्यो तथ्यलाई उजागर गर्न चाहेका पनि छैनन् ।

उनीहरुमा फुटाउ र राज गर भन्ने मान्यता भारतमा निकै प्रख्यात छ । विपक्षी आफूभन्दा बलियो र शक्तिशाली हुँदै गएको अवस्थामा त्यसलाई विभाजित गरेर कमजोर बनाउने र आफूले राज गरिरहने नीतिलाई सो उक्तिले प्रतिविम्वित गर्दछ ।

भारतीय अतिक्रमणका विरुद्धमा यतिबेला नेपालको राजनीतिक धरातल अभूतपूर्व रुपमा एकजुट भएर राष्ट्रिय एकताको भावना प्रतिविम्वित गरिरहेको अवस्था छ । यस्तो परिस्थितिमा पनि एउटा भारतीय टेलिभिजन च्यानलले राजनीतिक रुपमा यो विषयलाई ध्रुवीकृत गर्न सकिन्छ कि भनेर नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई भिडियो कन्फरेन्समार्फत ‘टक शो’मा अतिथि बनाएर निम्त्यायो ।
कांग्रेस नेता रिजालले उक्त ‘टक शो’का प्रस्तोताले बाँधेका भूमिकाबारे असहमति जनाए । उनले विभिन्न विषयमा नेपाल सरकारसँग नेपाली कांग्रेस र व्यक्तिगत रुपमा आफ्नो असहमति रहे पनि सीमा मुद्दामा सबै राजनीतिक दल एक रहेको र सरकारले चालेको कदमलाई आफूहरुले साथ दिएको बताए । उनले प्रस्तोताले सोधेको प्रश्नमा आपत्ति समेत जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्